फिल्म ‘१२ सत्ताईस’ को १२ सत्ताइस गीत सार्वजनिक भएको छ । प्रकाश मल्लको शब्द र दिपक आर.जे. संगीत रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा गिरिश खतिवडा र संगीतकार दिपक आर.जे स्वर सन्न सकिन्छ । भिडियोलाई बिक्रम स्वारले कोरियोग्राफी गरेका हुन् । भिडियोमा फिल्मकी मुख्य अभिनेत्री अस्मिता लामिछानेलाई हट अबतारमा प्रस्तुत गरिएको छ ।

लाइट कमेडी जनरामा निर्माण भएको यो फिल्मको ट्रेलर समेत सार्वजनिक भैसकेको छ । फिल्ममा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाइएको छ । कथा तथा निर्देशन जोन योञ्जनको रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्र ध्वज मल्ल, करन साउँदको मुख्य अभिनय रहेको छ ।

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मलाई रेणु राना, दिपक खातिवडार रुपक थापाले निर्माण गरेका छन् । फिल्मका सह निर्माताको रुपमा गौतम शाहाको लगानी छ । फिल्ममा अनिशस्यांगदेनको छायांकन, कृष्ण भण्डारीको सम्पादन , विक्रम स्वारको कोरियोग्राफी रहेको छ । १२ सत्ताइस माघ ३ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।

For More videos Log on to Mazzako TV