चलचित्र निर्देशक समाजको अध्यक्षमा रक्षा सिंह राणा विजयी भएकी छिन् । आफ्नो प्रत्याशी सुचित्रा श्रेष्ठलाई १ मत अन्तरले हराउँदै उनी विजयी भएकी हुन् । शनिबार भएको निर्वाचन अधिवेशनमा रक्षाले ४५ भोट ल्याउँदा सुचित्राले ४४ भोट ल्याइन् । यस्तै, लक्ष्मण रिजालले १९ र शेखर खनालले ३ भोट ल्याए ।

निर्देशक समाजका २१७ मतदातामध्ये १३४ ले भोट दिएका थिए । जसमा १९ मत बदर भएको थियो । उपाध्यक्ष पदमा राजु अधिकारी र राजेन्द्र कुमार उप्रेती विजयी भए । महासचिव पदमा जनकदिप पराजुली विजयी भए । सचिव पदमा अरुण कुमार प्रधान विजयी भए भने कोषाध्यक्ष पदमा समुन्द्र भट्ट निर्विरोध भएकी थिइन् ।

सह कोषाध्यक्ष पदमा हरि सिलवाल विजयी भए । सदस्यमा किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नविन अवाल, थमन सिंह पूर्जा र सुरेश न्यौपाने विजयी भए ।

For More videos Log on to Mazzako TV