लामो समयदेखि बिरामी रहेका कलाकार दीपक क्षेत्रीको निधन भएको छ । उनको आफ्नै घर डिल्लिबजारमा निधन भएको हो । ५८ बर्षको उमेरमा उनको निधन भएको हो । घरमै सुतिरहेको अवस्थामा उनको निधन भएको बताइएको छ । शनिबार उनी आफ्नै निवासमा मृत भेटिएका थिए ।

उनको हाल टिचिङ अस्पतालमा पोष्टमार्टम भैरहेको छ । क्षेत्रीले अभिनय गरेको पछिल्लो फिल्म छ माया छपक्कै हो । यो फिल्ममा उनी वृद्ध नेताको भूमिकामा देखिएका थिए । क्षेत्रीको गतबर्ष मात्र स्वर नलीको अप्रेशन भएको थियो । उनको भोली मात्रै दाहासंकार गरिने कलाकार निर्मल शर्माले आफ्नो फेसबुकमा स्टाटस राख्दै बताएका छन् ।

For More videos Log on to Mazzako TV