‘सेल्फी किंग’, केही अघि टिजर सार्वजनिक भएपछि यसको चर्चा निकै नै चुलिएको थियो । अब सोही चलचित्रको नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘जाली रुमाल’ बोलको यो गीतमा नायिका केकी अधिकारी र भीमफेदी गाईजले ठुम्का लगाएका छन् । स्टेजमा मज्जाको दर्शकको अघि केकी र भीमफेदी गाईजले नाचेका छन्, सिनेमाको लागि यो गीतलाई ‘प्रोमोसनल संग्’ मानिएको छ ।

सांस्कृतिक कार्यक्रममा सहभागी भएको माहोल र दर्शकहरु समेत गीतमा देखाईएको छ । गीतमा केकीको स्पेशल अपेरेन्स हो, गीत मन परेकाले नै यो गीतमा नाच्न रेडी भएको भनेर उनी बताउछिन् । लोक लयको यो नाँचु नाँचु लाग्ने जाली रुमाल बोलको गीतमा अन्जु पन्त र पुरुषोत्तम सुवेदीको आवाज रहेको छ ।

गीतमा सुभास भुसालको संगीत छ भने शब्द बि पाण्डेको । यो गीतको भिडियोलाई निर्मल लामाले खिचेका हुन् । गीत सोलुको सल्लेरीमा खिचिएको हो ।

चलचित्र सेल्फी किंगमा बिपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, जीवन भट्टराई, सविन बाँस्तोला लगायत कलाकारहरुले अभिनय गरेका छन् । एक जना हाँस्य कलाकारले गरेको संघर्ष र सफलता अनि चर्चा र त्यसले दिने पिडालाई यो सिनेमामा देखाउन खोजिएको छ ।

चलचित्रलाई विशाल साँपकोटाले निर्देशन गरेका हुन् । यो सिनेमालाई दिनेश राउत र सुभास थापा मिलेर बनाएका हुन् । यो सिनेमा माघ २४ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने बताईएको छ ।

For More videos Log on to Mazzako TV