अभिनेत्री मलिना जोशी यतिबेला सुशान्त प्रधानको प्रेममा छिन् । मलिना र सुशान्त सामाजिक संजालमा पनि प्रेम खुलाउन अग्रसर छन् । यसैले, यी दुइको प्रेम सामिप्यता हेर्दा यी दुइ चाडै नै बिहे बन्धनमा बाधिन लागेका छन् भन्ने चर्चा हुन्छ ।

बिहेको बिषयमा अभिनेत्रीले मुख खोलेकी छिन् । अभिनेत्री ऋचा शर्माको बिहे पार्टीमा पुगेकी मलिनाले बिहेको बारेमा मुख खोलिन् । उनले, आफ्नो बिहेको बिषयमा बजारमा थुप्रै कुरा सुनेको बताउँदै अर्को बर्ष बिहे हुन सक्ने बताइन् । तर, मलिनाले जाडोमा भने बिहे नगर्ने बताएकी छिन् ।

मलिनाका अनुसार जाडो महिना उनलाई मन पर्दैन । अर्को वर्ष बिहे हुनसक्छ, तर पक्का छैन, मलिनाले भनेकी छिन् ।

For More videos Log on to Mazzako TV