अभिनेत्री प्रियंका कार्कीको बिहे कहिले होला ? प्रियंका र अभिनेता आयुष्मान देशराज जोशीविच इन्गेजमेन्ट भएको पनि लामो समय भैसकेको छ । तर, यी दुइले बिहे नगर्दा बिहे कहिले हुन्छ भन्ने प्रश्न उठ्न थालेको छ ।

अभिनेत्री प्रियंका कार्कीले भने यो वर्ष पनि बिहे नहुने बताएकी छिन् । प्रियंकाले यो वर्ष बिहे नभएपनि अर्को बर्ष बिहे हुने तर कहिले भनेर भन्न नसक्ने बताएकी हुन् । अभिनेत्री कार्कीले सबै जनाको समय मिलाउन खोज्दा खोज्दै नमिलेपछि बिहे हुन नसकेको बताइन् ।

एकपटक बिहेको मिति असारमा पक्का भएको थियो । तर, असारमा बिहे हुन नसकेपछि नयाँ मिति मिलाउन नसक्दा नै बिहे नभएको प्रियंकाले बताएकी छिन् ।

For More videos Log on to Mazzako TV