सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । फिल्ममा समाबेश ‘तिम्रो घरको वरिपरि’ बोलको गीत सार्वजनिक गरिएको हो । अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीले स्वर दिएका छन् । सार्वजनिक गीतको अडियो र भिडियो दुबै तारिफ योग्यछ ।

‘तिम्रो घरको वरिपरि’ गीतमा फिल्मका मुख्य अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा प्रस्तुत छन् । पल र पूजाको यो दोश्रो सहकार्य हो । यसअघि उनिहरु फिल्म ‘म यस्तो गीत गाउँछु’ सगै देखिएका थिए । नेपाली बक्स अफिसमा उनिहरु पनि हिट जोडी हुन् । नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा सात दिन लगाएर गीत छायांकन गरिएको हो । पाँच सयभन्दा बढी कोरसले नृत्य गरेको गीतलाई रामजी लामिछानले कारियोग्राफी गरेका हुन् भने सौरभ लामाले खिचेका हुन् ।

‘म यस्तो गीत गाउँछु २’ फागुन २३ गतेलाई प्रदर्शनमा आउँदैछ । हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । पूजा र सुदर्शन फिल्मका निर्माता हुन् ।

For More videos Log on to Mazzako TV