फिल्म सम्बन्धी एक अन्र्तक्रिया कार्यक्रममा एक जना फिल्मीकर्मीले नेपाली फिल्मको इतिहास १० बर्षको मात्र भएको बताएपछि अभिनेत्री करिश्मा मानन्धर आक्रोशित भएकी छिन् । उनले, आफूहरुको अस्तित्व नै थिएन भन्दै आक्रोश पोखेकी छिन् ।

करिश्माले आफूहरुले घाम, पानी, भोक सहेर काम गरेको कुरालाई मत्तलव नगरिएको भन्दै आक्रोश व्यक्त गरेकी छिन् । करिश्माले यसो भन्ने फिल्मीकर्मीको नाम भने लेखेकी छैनन् । करिश्माले हरेक जेनेरेशनले आफ्नो कालखण्डलाई मात्र इतिहास मान्ने हो भने नेपाली फिल्मको इतिहास नै हराउने भन्दै सचेत गराएकी छन् ।

करिश्माले त यो १० बर्षमा थोरै फिल्म मात्र चलेको, थोरै फिल्मको मात्र आफूले नाम सुनेको पनि बताएकी छिन् । करिश्माले आफूमा घमण्ड पाल्न नहुने भन्दै ती फिल्मीकर्मीलाई सचेत समेत गराएकी छिन् ।

For More videos Log on to Mazzako TV