अभिनेता ऋचा शर्माले शनिबार बिहे गरिन् । शनिबार बुढानिलकण्ठको एक रिसोर्टमा उनको बिहे भएको हो । उनका प्रेमी दिपेक्ष विक्रम रानासँग उनको बिहे भयो । करिब २ बर्षसम्म डेट गरेपछि ऋचा र दिपेक्षले बिहे गरेका थिए ।

ऋचा र दिपेक्षको बिहेका संचारमाध्यमलाई निम्तो थिएन । यसैले, ऋचाको तस्विर उनले नै सार्वजनिक गरेकी छिन् । ऋचाले पहिलो पटक सिन्दुरमा सजिएको तस्विर पोष्ट गरेकी छिन् । लेहेङ्मा सजिएकी ऋचाको सिउँदोमा सिन्दुर देखिन्छ । दिपेक्षसँग बिहे गरेपछि ऋचा खुशी देखिएकी छिन् ।

For More videos Log on to Mazzako TV