नयाँ गीत लेखेर सलमान दंग, प्रतिस्पर्धा गर्दैछन् आमिरसँग
यदि आमिर खान ‘मिस्टर परफेक्शनिष्ट’ हुन् भने सलमान खानले पनि ‘मिस्टर मल्टिटास्कर’ आफु रहेको प्रमाणित गरिरहेका छन् । यो किन पनि भनिएको छ भने उनी राम्रो पेन्टर हुन् । त्यस्तै उनले आफ्नो चलचित्र ‘वीर’को कहानी पनि आफै लेखेका थिए । यतिबेला भने उनी गीतकार बनेका छन् ।
फिल्म ‘नो इन्ट्री’को सिक्वेल ‘नो इन्ट्री मे इन्ट्री’का लागि सलमानले एउटा गीत लेखेका हुन । उनको गीतमा १८ बर्षे म्युजिक कम्पोजर पलाश मुच्छलले संगीत भरेका छन ।
आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा कम उमेरका म्युजिक कम्पोजरको रुपमा लेखाउन सफल भएका पलाशबाट सलमान निकै प्रभावित छन्, त्यही भएर पनि उनले आफ्नो गीतको म्युजिक कम्पोज गर्न पलाशलाई दिएको बताएका छन् ।
पलाशका अनुसार सलमानको गीतमा आफुले निकै मेहनत गरेका छन् । सलमानले लेखेका गीतको म्युजिक ‘मुन्नी बदनाम’ कै जस्तो आईटम नम्बर रहेको बुझिएको छ । गीतमा आवाज भने पलाशकी बहिनी पलकको सुन्न पाईनेछ । पलकले यसअघि ‘आशिकी २’ मा पनि आफ्नो स्वरको जादु छरिसकेकी छिन् ।
संगीत कम्पोजर पलाशले हरमन बबेजाको ‘ढिश्क्याउ’, अमिताभ बच्चनको ‘भुतनाथ रिटर्नस’मा पनि म्युजिक दिईसकेका छन् । ‘नो इन्ट्री’को अपार सफल्ता पछि बन्न लागेको ‘नो इन्ट्री मे इन्ट्री’ जनवरी २०१५ मा रिलिज हुनेछ ।
For More videos Log on to Mazzako TV