केही दिन अगाडि अभिनेत्री आँचल शर्माको लुक सार्वजनिक गरेको फिल्म झिंगे दाउको टिमले अब अभिनेत्री केकी अधिकारीको लुक सार्वजनिक गरेको छ ।

केकीले फिल्मको छायांका सुरु गरेसँगै उनको लुक सार्वजनिक गरिएको हो । लुकमा केकी गाउँले भूमिकामा देखिएकी छिन् । निधारमा रातो टिका, बुलाकी, पोते, गुन्यू चोली लगाएर केकीलाई फरक गेटअपमा पर्दामा उतार्न लागिएको हो ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भैरहेको यो फिल्ममा अभिनेत्री आँचल शर्मा पनि गाउँले भूमिकामा छिन् । फिल्ममा मुकुन भुषालको पनि मुख्य भूमिका छ । फिल्म झिंगे दाउले ऐतिहासिक कथा भन्छ ।

For More videos Log on to Mazzako TV