फिल्म ‘सम्झना बिर्सना’ मा सस्पेन्स रुपमा प्रबेश गरेकी अभिनेत्री छुल्ठिम गुरुङका केहि तश्बिरहरु बाहिरिएका छन् । छायाकंन स्थलबाट बाहिरिएका तश्बिरबाट फिल्ममा उनि कलेज गर्लको भुमिकामा रहेको अनुमान लगाउन सकिन्छ ।

सार्वजनिक तस्वीरमा उनि फिल्मका अभिनेता आकाश श्रेष्ठसँग कलेजमा देखिएकी छिन । फिल्मको सुटिङ सुरु भएसंगै उनको इन्ट्री भएको थियो ।

तश्बिर बाहिरिएसंगै उनको भुमिकालाई लिएर यतिखेर निकै कौतुहलता भैरहेको छ । निर्माण युनिटले फिल्ममा उनको भुमिका प्रमुख नै छ, भनेर बताएसंगै फिल्म ट्रे«ङ्गुलर लभ स्टोरी हो, भनेर अड्कल गर्न सकिन्छ ।

छुल्ठिम पूजा शर्मा र आकाश श्रेष्ठको बिचमा भिलेन बनेर देखा पर्ने त हैनन् ? जिज्ञाशा बढ्न थालेको छ । छुल्ठिम भन्छिन् ‘तस्वीरले केहि प्रस्ट्याउछ भने केहि दर्शकको लागि सरप्राइज पनि छ’ ।

निमेष प्रधान निर्देशित फिल्मको छायाँकन दार्जीलिङ, सिक्किम लगायतका स्थानमा भईरहेको छ । फिल्ममा छुल्ठिम र आकाशसँगै पुजा शर्मा, सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतको पनि मुख्य अभिनय छ ।

आदित्य प्रधान र रेविका प्रधानको लगानीमा रहेको फिल्म आदित्य फिल्मसको व्यानरमा निर्माण भैरहेको हो । फिल्मलाई शिव ढकालले खिचिरहेका छन् ।

For More videos Log on to Mazzako TV