संचारकर्मी कुमार आचार्यको निर्देशित नयाँ म्युजिक भिडियो ‘एल.ओ. भी.ई लब’ बोलको गीत सार्वजनिक भएको छ । सार्बजनिक गीतमा स्वर तथा शब्द गायक तथा संचारकर्मी सुरज पौडेलकोे छ । गीतलाई भने संगीत भने बिकाश चौधरीले गरेका हुन् । आधुनिक पप फ्लेवरको यस गीतमा गोपाल रसाईलीको एरेन्ज रहेको छ ।

भिडियोमा बिकाश लामिछाने, श्रेया दुलाल र पुजन घिमिरे प्रस्तत छन् । रामेश्वर हुमागाईको छाँयाकन, प्रदिप श्रेष्ठ नृत्य निर्देशन रहेको भिडियोलाई बिष्णु खड््काले सम्पादन गरेका हन् । भिडियोमा बिकाश, श्रेया र पूजनको केमेष्टि निकै राम्रो देखिएको छ ।

गायक पौडेलको यो छठौँ भिडियो हो यस अघि पौडेल निकै मन छुने भिडियो बजारमा ल्याइसकेका छन् । गायक पौडेलको ‘लब यु टु’ को दोस्रो एल्बमको पहिलो सार्बजनिक गीत हो । थुप्रै भिडियो निर्देशन गरेका संचारकर्मी आचार्यले यस भिडियोलाई राम्रो बनाउँन निकै मेहनत गरेको र दर्शकले पनि भिडियोलाई माया गर्ने बताएका छन् ।

For More videos Log on to Mazzako TV