अभिनेता दयाहाङ राई र अभिनेत्री बर्षा सिवाकोटी ‘डबल सी’ नामक भिटामिन जुसको ब्राण्ड एम्बासडर बनेका छन् । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको प्रोडक्टको ब्राण्ड एम्बासडर रहेका दयाहाङ र बर्षा उपस्थित थिए । साथै निर्देशक मिलन चाम्स पनि उक्त कार्यक्रममा उपस्थित थिए ।

थाइल्याण्डमा निकै रुचाइएको यो जुस सोमबारबाट बजारमा उपलब्ध हुनेछ । लेमन एण्ड लाइम र ओरेञ्ज एण्ड लेमन फ्लेभरमा बजारमा उपलब्ध हुने यो भिटामिन जुसको मुल्य एक सय रुपैयाँ रहेको छ ।

यसलाई रोविनेश इम्पोर्ट एक्सपोर्टले नेपाल भित्र्याएको हो । यस टिममा सुरेश राई, राजकुमार राई, रोविन राई, रमेश लामा, निश्चललामा, रोमन राई रहेका छन् । प्रतिरक्षा प्रणाली बलियो बनाउने, रक्तचाप नियन्त्रणमा सहयोग गर्ने, फ्याट बढ्न नदिने, क्यान्सर रोगको सम्भावना कम गर्ने लगायतका स्वास्थ्यमा यसले सहयोग गर्छ ।’

यसले प्रत्यक्ष रुपमा स्वास्थ्यमा फाइदा पुर्याउने भएकोले नै हामीले यसलाई नेपाल ल्याएकाहौ’ जुसलाई नेपाल भित्र्याउने टिमका एक सदस्य राजकुमार राईले बताए । सोमबारबाट बजारमा उपलब्ध हुने ’डबल सी’ जुसलाई दया र वर्षाले विभिन्न मध्यमबाट प्रवर्धन गर्नेछन् ।

For More videos Log on to Mazzako TV