आजबाट देशभरका हलमा फिल्म माछा माछा रिलिज भएको छ । दयाहाङ राई र रामबाबु गुरुङले मिलेर यो फिल्म बनाएका हुन् । फिल्मका निर्देशक सुनिल गुरुङ हुन् ।
यो फिल्ममा सौगात मल्ल, नम्रता श्रेष्ठ, भोलाराज सापकोटा, विजय बराल, सरिता गिरी लगायतका कलाकारको अभिनय छ ।

यो फिल्म शुक्रबारबाट देशभर रिलिज भयो । फिल्मको ओपनिङ व्यापार भने औषत छ । यो फिल्म सिंगल र मल्टिप्लेक्स हलमा रिलिज भएको हो । फिल्मले सिंगल भन्दा मल्टिप्लेक्स हलमा बढी व्यापार गर्ने अपेक्षा गरिएको थियो । मल्टिप्लेक्समा सिनेमालाई राम्रै शो समेत मिलेको थियो ।

तर, फिल्मको व्यापार भने औषत मात्र देखिएको छ । शनिबारको व्यापारले सिनेमाको व्यापार अझै निर्धारण गर्नेछ । फिल्मले कमेडी पाटोलाई राम्रोसँग प्रस्तुत गरेको प्रतिक्रिया मिलेको छ ।

For More videos Log on to Mazzako TV