अभिनेता सौगात मल्ल र पुर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय रहने फिल्म ‘सँगसँगै’ को शुभमुहुर्त गरिएको छ । शुक्रबार राजधानीको भद्रकाली मन्दिरमा फिल्मको शुभसाइत गरिएको हो । दुई साथीको मित्रताको कथामा फिल्म ‘सँगसँगै’ बन्ने भएको हो । फिल्ममा अभिनेता मुकुन भुसाल र आश्मा गिरी पनि मुख्य भुमिकामा रहने छन् ।

मधुसुदन भट्टराइको निर्देशनमा तयार हुन लागेको यो फिल्मलाई संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले लेखेका हुन् । तोरण क्षेत्री, विष्णुबहादुर क्षेत्री, रोशन केसी, विष्णु लामिछानेको लगानी रहेको फिल्मलाई शिव ढकालले खिच्नेछन् । फिल्ममा बिकास चापागाई, रश्मी भट्ट, सबिता रेग्मी, आलम खान, बिशाल पहाडी, सूर्य श्रेष्ठ, रामशरण दुलाल लगायतका कलाकारको पनि अभिनय रहनेछन् ।

फिल्मलाई शुभकामना दिन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर्माता संघका अध्यक्ष आकाश अधिकारी भद्रकाली मन्दिर पुगेका थिए । फिल्ममा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

For More videos Log on to Mazzako TV