‘माछा माछा’ र ‘माया पिरिम’ रिलिज
आज मसिंर २० गते शुक्रबारबाट दुई फिल्म ‘माछा माछा’ र ‘माया पिरिम’ रिलिज भएका छन् । सुनिल गुरुङको डेब्यु निर्देशन रहेको फिल्म ‘माछा माछा’ मा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, नम्रता श्रेष्ठ, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्ट लगायत कलाकारको अभिनय छ ।

सिनेमा आर्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा अभिनेता दयाहाङ राई र निर्देशक रामबाबु गुरुङको संयुक्त लगानी रहेको छ ।
यस्तै शुक्रबारदेखि ‘माया पिरिम’ पनि प्रर्दशनमा आएको छ । लभस्टोरी कमेडी जनराको फिल्ममा कोशिश क्षेत्री, किरण चन्द, अनुपमा भण्डारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, विशाल पहाडी, रमन राई लगायत कलाकारको अभिनय रहेको छ । फिल्मलाई टेक पौरखीले निर्देशन गरेका हुन् ।