hakku‘हाक्कु काले’ अर्थात अभिनेता सौगात मल्ल जिप ड्राईभर बन्दै छन् । यता अर्का रंगकर्मी अनुप बराल ठेकेदार बन्ने तयारी गर्दैछन् । दायाहाङ्ग भने राजनिति गर्ने चाजोपाजो मिलाउदैछन् । अब नायिकाहरुको कुरा गरौ । नायिका केकी अधिकारी गृहणी बन्ने रे, प्रियंकाको त के कुरो भो र ? उनी त गायिका भईहालिन् । यस्तै यस्तै भुमिकामा यि कलाकारहरुलाई चलचित्र ‘फन्को’मा देख्न पाईनेछ ।

‘७ दिनको तालिम पछि हल्का जिप चलाउने सक्ने भएको छु ।’ पहिलो पटक चलचित्रमा ड्राइभरको भूमिका निभाउन लागेका सौगात यस्तो प्रतिक्रिया दिन्छन् । चलचित्र ‘आवरण’मा साच्चिकै गीत गाएकी प्रियंका ‘फन्को’मा भने लोक गायिका भएर अभिनय गर्नेछिन् । चलचित्र ‘फन्को’को निर्देशन सुवर्ण थापाले गर्नेछन् ।

शनिवार काठमाण्डौ चावहिल स्थित गणेश मन्दिरमा चलचित्र ‘फन्को’को शुभ मुहूर्त गरिएको छ । मुहूर्तमा नायिकाद्वय केकी र प्रियंकाको भने उपस्थिति रहेको देखिएन । ‘फन्को’ युनिट चलचित्रको शुभमुहूर्त सकेर पोखरा लागेको छ । चलचित्रको छायांकन पोखरादेखि काठमाण्डौसम्म गरिने बताईएको छ । चलचित्रको सुटिङ्ग ३० दिनमा सक्ने लक्ष्य राखिएको छ । चलचित्रलाई नरेन्द्र महर्जन, सहदेव गौतम र पदम गुरुङ्गले मिलेर बनाउन लागेका हुन् ।

Fanko-1

चलचित्र ‘फन्को’ मा कविराज गहतराजको नृत्य निर्देशन एवं चेतन सापकोटाको संगीत रहनेछ । द्धन्द्ध निर्देशन चन्द्र पन्तको हुनेछ । निर्देशक सुर्वण थापाका अनुसार चलचित्र फन्को पुर्णत कर्मसियल फिल्म हुनेछ ।

For More videos Log on to Mazzako TV