फिल्म ‘दि कर्मा’ को टिजर सार्वजनिक भएको छ । माघ १७ गतेबाट प्रदर्शनको तयारी गरेको फिल्मको एक्सन प्रदान टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा नायक करण वर्मा पावर प्याक शरीर सहित एक्सनमा प्रस्तुत छन् । नायिकाहरु परमिता राज्यलक्ष्मी राणा र नीता ढुंगानासँगै अभिनेता बुद्दी तामाङ पनि टिजरमा प्रस्तुत छन् ।

देव कुमार श्रेष्ठ निर्देशित फिल्म ‘दि कर्मा’ मा अभिनेत्री नीता प्रहरी अफिसर र परमिता ‘लेडी डन’ को भूमिकामा देखिएका छन् । फिल्ममा नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालाई प्रस्ततु गरिएको बताइएको छ । जय राज रायले फिल्म निर्माण गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको बनेको फिल्मको कथा निर्माता जय राज आफैंले लेखेका हुन् ।

रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । ‘दि कर्मा’ को पटकथा तथा संवाद शुशील पोखरेलको हो । फिल्ममा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV