अभिनेता अनमोल केसी अवार्ड पाउने कार्यक्रममा मात्र पुग्छन् । अनमोल पुगेको कार्यक्रममा उनले अवार्ड पाएका छन् । जापान र अमेरिकामा एक साताको अन्तरमा आयोजना भएका दुई फिल्म अवार्डमा पनि अनमोलले अवार्ड पाए । उनले उत्कृष्ट अभिनेताको अवार्ड पाएनन् ।

बरु, जापानमा उनले पपुलर स्टार र अमेरिकामा उनले स्टार अफ दि इयरको अवार्ड पाएका छन् । यसैले अभिनेता केसी अवार्डको लोभी भएको आरोप उनलाई लाग्न थालेको छ । तर, अनमोल भने अवार्ड लोभ गरेर नपाइने बताउँछन् । अनमोलका अनुसार, अवार्ड पाउने लोभ त हरेक कलाकारमा काम गरेपछि हुन्छ ।

तर, लोभ गर्दैमा अवार्ड पाइदैन । अनमोलका अनुसार, अवार्ड उनका लागि सम्मान हो । उनी, अवार्ड सम्मानका लागि लिन्छन् र त्यसलाई आफ्नो कामको मुल्यांकन ठान्छन् ।

For More videos Log on to Mazzako TV