दयाहाङ राई र रामबाबु गुरुङको निर्माण तथा सुनिल गुरुङको निर्देशनमा बनेको फिल्म माछा माछाको राजधानीमा प्रिमियर आयोजना गरिएको छ । फिल्मकै कलाकारहरु उपस्थित भएको प्रिमियरमा दर्शकले यसको प्रस्तुतिलाई मन पराए ।

फिल्ममा सौगात मल्ल, नम्रता श्रेष्ठ, भोलाराज सापकोटा, विजय बराल लगायतका कलाकारको मुख्य भूमिका छ । यो सिनेमाले पैसाकै पछि कुद्ने पात्रहरुको कथालाई देखाउन खोजेको छ ।

कता कता फिल्ममा लुट फिल्मको स्वाद पनि आउँछ । माछा माछा भोलीबाट देशभरका हलमा रिलिज हुँदैछ । फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन भने दिन्छ ।

For More videos Log on to Mazzako TV