अभिनेत्री पूजा शर्मा फिल्म संझना विर्सनाको छायांकनका लागि सिलगुडीमा छिन् । यो फिल्मको छायांकन केही दिनदेखि भारतको सिलगुडीमा चलिरहेको छ । फिल्ममा पूजा शर्माले संझनाको भूमिकामा काम गरेकी छिन् ।

उनले आफैले फेसबुकबाट सार्वजनिक गरेको तस्वीरमा उनी कतै लजालु त कतै रिसाहा अवतारमा देखिएकी छिन् । पूजा पहेलो रंगको कुर्तामा रिसाहा गेटअपमा पनि छिन् । निमेष प्रधानले यो फिल्मको निर्देशन गरिरहेका छन् ।

फिल्ममा पूजाको साथमा अभिनेता आकाश श्रेष्ठ, कलाकार शिशिर राणा मुख्य भूमिकामा छन् । पूजाको यो लुक्सले उनी फिल्ममा सामान्य यूवतीको भूमिकामा देखिएको अनुमान लगाउन सकिन्छ ।

For More videos Log on to Mazzako TV