अभिनेत्री दीपिका प्रसाँइले अभिनय गरेको फिल्म छक्का पन्जा ३ ब्लकबस्टर भयो । यो फिल्म चलेपछि दीपिकाको हातमा फिल्म नै फिल्म आउने आशा गरिएको थियो । दीपिकाले यसपछि भने हेल्लो जिन्दगी नामक फिल्म खेलिन् ।

दीपिकाले निर्देशक दिवाकर भट्टराइसँगै कोर्ट म्यारिज गरेकी छिन् । अहिले दिवाकर र दीपिका अमेरिकामा छन् । अमेरिकामा आयोजना भएको ग्लोबल फिल्म अवार्डमा दीपिकाले छक्का पन्जा ३ बाट जुरी अवार्ड जितेकी छिन् । अब, दीपिका आफ्नै श्रीमान् दिवाकर भट्टराइले निर्देशन गर्न लागेको नयाँ फिल्म तिमीसँगै हुने मन छ मा काम गर्दैछिन् ।

बिहेपछि दीपिका झनै बोल्ड र हट बनेकी छिन् । अमेरिकामा आयोजना भएको अवार्ड समारोहमा पनि दीपिका बोल्ड बनेर पुगेकी थिइन् ।

For More videos Log on to Mazzako TV