नेपाली फिल्मकी अभिनेत्री ऋचा शर्माले शनिबार बिहे गर्ने भएकी छिन् । ऋचा आफैले बिहेको मिति सार्वजनिक गर्दै आफूहरुलाई माया गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । ऋचा केही समयदेखि दिपेक्ष विक्रम राणाको प्रेममा छिन् ।

दिपेक्ष र ऋचाले मंसिर २१ लाई बिहेको मिति तय गरेका हुन् । दिपेक्ष ललितपुरको लाबिम मलका म्यानेजर पनि हुन् । केही हप्ता अगाडि मात्र ऋचाले बिहे अघिको ब्याचलर पार्टी आयोजना गरेकी थिइन् ।

जसमा, नेपाली फिल्मका कलाकारहरु सहभागी थिए । ऋचाको बिहे कसरी र कहाँ हुँदैछ भन्ने खुलेको छैन ।

For More videos Log on to Mazzako TV