अमेरिकाको सान फ्रान्सिस्कोमा ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संकरण आयोजना भएको छ । नेपालबाट गएका दर्जन बढी कलाकारहरुको उपस्थितीमा अवार्ड आयोजना भएको हो ।

यो अवार्डमा अभिनेता अनमोल केसी र अभिनेत्री नम्रता श्रेष्ठलाई स्टार अफ दि इयरको अवार्ड प्रदान गरिएको छ । अनमोल र नम्रता दुबैले फेसबुकमा तस्वीर राख्दै यो खुशी शेयर गरेका छन् ।

अभिनेत्री वर्षा राउतलाई जुरी अवार्ड प्रदान गरिएको छ । यस्तै, छक्का पन्जा ३ बाट दीपाश्री निरौला, दीपिका प्रसाइले पनि अवार्ड प्राप्त गरेका छन् ।

अभिनेता राजेश हमाल, भूवन केसी, शिव श्रेष्ठले पनि अवार्ड प्राप्त गरेका छन् ।

For More videos Log on to Mazzako TV