अभिनेता अर्पण थापा फिल्म ‘चपली हाइट ३’ मा भित्रिएका छन् । अर्पणको गेटअप पनि सार्वजनिक गरिएको छ ।


फिल्ममा उनको गेटअप डरलाग्दो छ । फिल्म चपली हाइट ३ को अहिले धमाधम छायांकन भैरहेको छ । फिल्मलाई निकेश खड्काले निर्देशन गरिरहेका छन् भने अर्जुन कुमार यो फिल्मका निर्माता हुन् ।


फिल्म चपली हाइट ३ मा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठीको मुख्य भूमिका छ । अर्पण थापाको प्रवेश भएसँगै यो फिल्मको क्यारेक्टर अझै रोचक बनेको छ । सिनेमा कस्तो होला भनेर कौतुहलता समेत बढाएको छ ।

यो फिल्म चैत्रको २८ गतेबाट रिलिज हुँदैछ । पुरुषोत्तम प्रधानको छायांकनमा बनिरहेको फिल्मलाई थ्रीलर कथामा तयार पारिएको छ ।

For More videos Log on to Mazzako TV