नेपाली फिल्म फ्लपको श्रृङ्खला यो साता पनि रोकिएन । यो साता रिलिज भएको फिल्म सरौतो र लभ यू हमेशामा दर्शकको उपस्थिती निराशाजनक रहेको छ । दुबै फिल्ममा दर्शक नआएपछि निर्माताले ठूलै रकम घाटा ब्यहोर्ने निश्चित छ ।

नेपाली फिल्ममा विगत एक महिना भन्दा बढी समयदेखि दर्शक आउन छाडेका छन्। तिहारको समयमा दर्शक हलमा आएपनि त्यसपछि रिलिज भएका वादशाह जुट, घामड शेरे, जीवन काँडा कि फूल, मिस्टर नेपाली, च च हुई, सरौतो, लभ यू हमेशा लगायतका फिल्ममा दर्शकको उपस्थिती कमजोर छ ।

नाम चलेका गनिएका कलाकार हुँदा पनि सिनेमा हेर्न दर्शक नआउँदा यसले निर्माताहरुको लगानीमाथि सोच्न पर्ने अवस्था सिर्जना गरेको छ ।

For More videos Log on to Mazzako TV