फिल्म झिंगे दाउबाट अभिनेत्री आँचल शर्माको लुक्स बाहिरिएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भैरहेको यो फिल्ममा आँचल डोको बोक्दै गरेको अवस्थामा छिन् । नेपाली फिल्ममा हट अभिनेत्रीको पहिचान बनाएकी आँचलको यो गेटअपले दर्शकलाई कौतुहलता प्रदान गर्न सक्छ ।

यो फिल्मको खोटाङको हलेसीमा छायांकन सकिएको छ । अब, यो फिल्मको छायांकन भकुन्डेबेसीमा सुरु भएको छ । यो फिल्ममा केकी अधिकारी, मुकुन भुषाल लगायतका कलाकारको अभिनय छ ।

For More videos Log on to Mazzako TV