फिल्म मारुनीको विशेष शो जापानमा आयोजना गरिएको छ । जापानको नागोया फुसीमा मिलोअन थिएटरमा यो फिल्मको शो आयोजना भएको थियो । फिल्म हेर्ने दर्शकले कमेडी फिल्म मात्र हेर्दै आएको तर यस्तो फरक कथामा पनि फिल्म बनेको देख्दा खुशी लागेको प्रतिक्रिया दिएका थिए ।

फिल्मको शोका लागि अभिनेता पुष्प खड्का र निर्मात्री पूनम गौतम जापान पुगेका थिए । जापानको ओसाका, टोकियोमा पनि फिल्मको प्रदर्शन हुँदैछ । नवल नेपालले निर्देशन गरेको यो फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।

अब यो चलचित्र अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । डिसेम्बर २७ मा अष्ट्रेलियाको सिभिक थिएटर, हर्सभिलमा पनि यो चलचित्रको प्रदर्शन हुन लागेको हो ।

For More videos Log on to Mazzako TV