‘मुखौटा’मा अश्लिल शब्द, यही हो रे सामाजिक यथार्थ !
केही दिन अघि रिलिज गरिएकोे दोश्रो प्रोमोका कारण चलचित्र ‘मुखौटा’को यतिबेला चर्चा निकै छ । तर सँगै प्रोमोमा बोलिएको अश्लिल शब्दका कारणले गर्दा ‘मुखौटा’ युनिट प्रश्नहरुको घेरामा परेको देखियो । शनिवार काठमाण्डौंमा अडियो लञ्च गर्न आयोजना गरिएको प्रेसमिटमा पत्रकारका धेरै प्रश्नहरु त्यही संवादलाई लिएर आएको देखियो ।
प्रेसमिटमा सहभागी ‘मुखौटा’ युनिटले संयुक्त रुपमा अडियो सार्वजनिक गरेको छ । कल्याण सिंह र काली प्रसाद रिजालद्धारा संगीतवद्ध फिल्ममा ५ वटा गीत समावेश रहेका छन् । गीतकार भूपेन्द्र खड्काले ‘मुखौटा’ को गीत संगीत उत्कृष्ट रहेको बताए । कार्यक्रममा फिल्मका ओर्जिनल साउन्ड ट्रयाकलाई पनि देखाईयो तर मुख्य बिषयबस्तु भने चलचित्रको प्रोमो संवाद नै रह्यो ।
प्रोमोमा अश्लिल शब्द नै राख्नु आवश्यक थियो र ? भन्ने प्रश्नमा निर्देशक अर्पण थापाले समाजमा बोलिने वास्तविक शब्दलाई नै प्रयोग गर्न खोजिएको बताए । सेन्सरले त्यो दृश्यमा आपत्ती जनाएमा आफुहरु हटाउन तयार रहेको पनि उनको भनाई छ । गाली गलौज गरेर फिल्म चलाउने नियत आफुहरुको नरहेको दयाहाङ्गको भनाई छ ।
चलचित्र ‘मुखौटा’ मा राजेश हमालदेखि दयाहाङ सम्म रहनुले पनि पुराना फिल्मकर्मी र थिएटरका कलाकारहरु बीचम कुनै दुरी नरहेको पनि प्रष्टिने निर्माण युनिट बताउछ । रविन श्रेष्ठको लगानी रहेको ‘मुखौटा’ मा सौगात, दयाहाङ, निशा, हर्षिका सहित अभिनेता राजेश हमाल, सुनिल थापा, रविन तामाङ, प्रशान्त ताम्रकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा अभिनेता सौगात पापी मान्छेको भूमिका रहेको बताउछन् । अभिनेत्री निशा अधिकारीको भने मायालु भुमिका रहेको छ । जेठ १६ गते अल नेपाल प्रदर्शन हुने चलचित्र ‘मुखौटा’मा माफियाको कथालाई हेर्न पाईनेछ ।
For More videos Log on to Mazzako TV