पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर फिल्म ‘सम्झना बिर्सना’ छायांकनको लागि भारतको सिलिगुडी पुगेको छ । ‘सम्झना बिर्सना’ मा अभिनेत्री छुल्ठिम गुरुङको पनि इन्ट्री भएको छ । छायांकन सुरु भएपछि फिल्मको मुख्य भुमिकामा अभिनेत्री छुल्ठिमको इन्ट्री भएको हो ।

पूजा र आकाशले लगातार फिल्महरुमा गरिरहेका छन् । ‘रामकहानी’ ‘पोइ पर्यो काले’ प्रदर्शन भैसकेको छन् , भने ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । यतिबेला यो जोडी सिनेमा ‘सम्झना बिर्सना’ छायांकनको लागि भारतको सिलिगुडी पुगेको छ । प्रेमकथानक फिल्मलाई निमेष प्रधानले निर्देशन गरिरहेका छन् ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरिरहेको फिल्ममा पूजा, आकाश र छुल्ठिमसँगै सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेललगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । आदित्य फिल्मसको व्यानरमा निर्माण भैरहेको फिल्मलाई शिव ढकालले खिचिरहेका छन् । वेस्ट बेंगलका रमणीय स्थानमा फिल्मकोे छायांकन गरिने निर्माण पक्षले बताएको छ ।

For More videos Log on to Mazzako TV