फिल्म माछा माछाको मुख्य हिरोइन हुन् नम्रता श्रेष्ठ । तर, नम्रता श्रेष्ठ भन्ने वित्तिकै दर्शकलाई भने अर्की हिरोइनको याद आउँछ । गाँठो डेब्यू अभिनेत्री नम्रतालाई हिजोआज नामको कारणले पनि आफू पछि परेको लाग्न थालेको छ ।

फिल्म क्षेत्रमा स्थापित भैसकेकी नम्रता श्रेष्ठ हुँदा हुँदै सोही नाम गरेर आउँदा नम्रतालाई समस्या परेको छ । उनी अहिले आफूलाई अनलक्की अभिनेत्री मान्छिन् । फिल्ममा आउँदा नै धेरैले उनलाई नाम परिवर्तन गर्न सुझाव दिएका थिए । तर, उनले नाम परिवर्तन गर्न मानिन् ।

तर, अहिले भने उनलाई नाम परिवर्तन नगरेकोमा चुकचुक लागेको छ । उनी अभिनित माछा माछा मंसिरको २० गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा उनी सौगात मल्लको जोडी भएर देखिदैछिन् । नम्रतालाई यो फिल्मबाट भने आशा छ ।

For More videos Log on to Mazzako TV