अभिनेता अनमोल केसी र अभिनेत्री नम्रता श्रेष्ठ अहिले अमेरिकामा छन् । नम्रताले सामाजिक संजालमा शेयर गरेको तस्वीरले पनि उनीहरु अमेरिकामा छन् भन्ने थाहा हुन्छ । अमेरिकामा रहेकी नम्रताले अनमोलसँगको तस्वीर शेयर गर्दै खुशीको अनुहार भन्दै लेखेकी छिन् ।

नेपाली फिल्म क्षेत्रमा अभिनेता केसी र अभिनेत्री श्रेष्ठको मित्रता दरिलो छ । अनमोलले आफूले नम्रतासँग व्यक्तिगत कुराहरु पनि शेयर गर्ने गरेको खुलाएकी छिन् । नम्रता आफूलाई मनपर्ने अभिनेत्री भएको अनमोलले बताउँदै पनि आएका छन् । नम्रता पनि अनमोलको प्रशंसा गरेर थाक्दिनन् ।

उनले कथा राम्रो आएको खण्डमा अनमोलसँग फिल्म खेल्ने पनि बताउँदै आएकी छिन् । अनमोल र नम्रता अमेरिकामा आयोजना हुन लागेको ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुन अमेरिका पुगेका हुन् ।

For More videos Log on to Mazzako TV