काठमाण्डौका विभिन्न ६ हलमा फिल्म छ माया छपक्कैले ५१ दिन मनाएको छ । ५१ दिन त के, एक साता हलमा टिक्ने फिल्मको अभाव अहिले छ । यस्तो अवस्थामा फिल्म छ माया छपक्कै भने वीएसआर, सीडीसी, गोपि, गुण, अष्ट र गंगा हलमा ५१ दिनसम्म चलेको हो ।

रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको प्रस्तुतिमा निर्माण भएको यो फिल्म बर्षकै सर्वाधिक ग्रस कमाउने फिल्म भएको दाबी निर्माणपक्षले गरिसकेको छ । असोजको २४ गतेबाट यो सिनेमा रिलिज भएको थियो ।

दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतको अभिनय रहेको यो सिनेमालाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्म छ माया छपक्कैले पानीको राजनीतिको कथालाई उठान गरेको थियो । जसलाई दर्शकले उत्कृष्ट भनेका छन् ।

For More videos Log on to Mazzako TV