सौगात मल्लको लुट सिनेमा चल्दाको क्रेज संझने हो भने, स्वयंम सौगात मल्ललाई नै डाहा लाग्छ होला । तर, यतिबेला सौगात मल्लको क्रेज खस्किएको छ । आखिर, नेपाली फिल्मका यी हिरो कहाँ चुके ? सिनेमा रोज्ने कुरामा अलमलमा पर्दा र अफर आएका सबै फिल्ममा काम गर्दा उनी चुकेका हुन् ।

सौगात मल्ल सबै व्यवहार आफूले फिल्ममै काम गरेर धान्नुपर्ने भएकाले पनि आफू पैसामुखी भएको स्विकार पनि गर्छन् । सौगात मल्लले आफूले अरु व्यवहार पनि सम्हालेको भए कम फिल्म खेल्दा पनि हुने भन्ने सोचेका छन् । यसैले पनि उनले यो बिषयमा आफूले सोच राखेको बताएका छन् ।

उनी अभिनित फिल्म माछा माछा मंसिरको २० गतेबाट रिलिज हुँदैछ । यो फिल्मलाई कमेडी कथामा निर्माण गरिएको छ । क्राइम कमेडी यो फिल्मले सौगात मल्ललाई राहत देला त ?

For More videos Log on to Mazzako TV