भोली शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म सरौतोले मल्टिप्लेक्समा न्यून शो पाएको छ । क्यूएफएक्सले उपत्यकामा जम्मा ५ शो दिएको छ । उपत्यकाको सबैभन्दा धेरै दर्शक आउने चेनमै ५ शो पाउँदा फिल्मको ओपनिङ कस्तो होला भन्ने अड्कल लगाउन सकिन्छ ।

हरि हुमागाँइको निर्देशनमा तयार भएको यो फिल्ममा सुमी मोक्तान केन्द्रिय भूमिकामा छिन् । उनलाई विजय लामा, सन्नी सिंह लगायतले साथ दिएका छन् । यो फिल्मले बदलाको कथालाई उठाएको छ । सुमी फिल्म भित्र बोल्न नसक्ने यूवतीको भूकिमामा छिन् । उनले फिल्मकै लागि २ बर्ष मार्सल आर्टको तालिम समेत लिएकी थिइन् ।

For More videos Log on to Mazzako TV