अभिनेता अनमोल केसी र अभिनेत्री वर्षा राउत अमेरिका पुगेका छन् । उनीहरु, जापानबाट अमेरिका उडेका हुन् । अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना हुन लागेको ग्लोबल फिल्म अवार्डमा सहभागी हुनका लागि उनीहरु त्यता पुगेका हुन् ।

अभिनेत्री वर्षा राउतले अभिनेता अनमोल केसीसँगको तस्वीर शेयर गरेकी छिन् । जापानमा आयोजित सूर्य इन्टरनेशनल फिल्म अवार्डमा यी दुई कलाकारले अवार्ड थापेका थिए ।

ग्लोबल फिल्म अवार्ड हरेक बर्ष अमेरिकामा आयोजना हुँदै आएको छ । अभिनेत्री वर्षा राउत र अभिनेता अनमोल केसीले हालसम्म एकसाथ फिल्ममा भने काम गरेका छैनन् ।

For More videos Log on to Mazzako TV