फिल्म चपली हाइट ३ छायांकनमा रहेको समयमा यसको निर्माणटिमले प्रदर्शन मिति तय गरेको छ । छायांकन सुरु भएको केही दिनपछि प्रदर्शन मिति फाइनल गरिएको निर्माता अर्जुन कुमारले जानकारी दिए । उनका अनुसार, यो फिल्म चैत्रको २८ गते रिलिज हुने भएको छ ।

नयाँ बर्षको अवसर पारेर रिलिज गर्न लागिएको फिल्म अब प्रेमगीत ३ सँग जुध्ने पक्का भएको छ । निकेश खड्काको निर्देशनमा तयार भएको यो फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ ।

दुबै फिल्मको तेश्रो सिरिज भएकाले पनि दुई फिल्मको भिडन्त सिरिजको इज्जतको प्रतिस्पर्धा पनि हुने देखिन्छ । अहिले फिल्म प्रेमगीत ३ को पनि छायांकन भैरहेको छ ।

For More videos Log on to Mazzako TV