विराज र विपिनको बक्स अफिस भिडन्त
अभिनेता विराज भट्टको निर्देशन तथा अभिनय रहेको फिल्म साङ्लोको प्रदर्शन मिति तय भएसँगै अहिले फिल्म बजारमा चर्चा सुरु भएको छ । यो फिल्मको चर्चा हुनुको कारण हो, अर्को फिल्म सेल्फी किङ्गसँगको भिडन्त । किनकी, अभिनेता विराज भट्टको कुनै समयको जस्तो क्रेज अहिले अभिनेता विपिन कार्कीले बनाएका छन् ।

सेन्टी भाइरस र आमासँग भिड्न तयार भएका विराज आखिर किन एकाएक विपिनसँग भिड्न आए भन्ने चर्चा हुनु स्वभाविक पनि हो । विराज र विपिनको बक्स अफिस भिडन्तलाई लिएर विभिन्न खालका टिप्पणी भैरहेको छन् । किनकी, विराजका लागि साङ्लो महत्वपूर्ण छ । उनको कमब्याक कस्तो हुने भन्ने यो फिल्मले नै बताउनेछ ।
किनकी, पुरानो क्रेज बनाउन विराजलाई समस्या परिरहेको छ । सेल्फी किङ्ग मल्टिप्लेक्समा बढी चल्ने अपेक्षा गरिएको छ । विराजको फिल्मले भने सिंगल थिएटरका दर्शकलाई तान्ने धेरैको वुझाई छ ।