अभिनेता विराज भट्टको डेब्यु निर्देशन रहेको फिल्म ‘साङ्लो’ को प्रदर्शन मिति परिर्वतन गर्दै फस्टलुक सार्वजनिक गरिएको छ । अब पूर्व घोषित मितिभन्दा फिल्म दुई साता अगाडि नै रिलिज हुनेछ । आउँदो फागुन ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब माघ २४ गतेबाट प्रदर्शन हुने भएको हो । यहि मितिमा अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ प्रदर्शन हुनेछ ।

फागुन ९ मा ‘धुर्मुस सुन्तली’ को अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ आउने भएपछि विराजले ‘साङ्लो’ लाई दुई हप्ता अगाडि नै प्रदर्शन गर्न लागेका हुन् । जसमा विराज र नव(अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् । फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । मानकृष्ण महर्जन छायाँकार रहेको ‘साङ्लो’ मा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त लगायतका कलाकारहरुको पनि अभिनय छ ।

For More videos Log on to Mazzako TV