हरी हुमागाँई निर्देशित फिल्म ‘सरौतो’ को ‘यो जुनी’ बोलको गीत सार्वजनिक भएको छ । मंसिर १३ गतेबाट प्रदर्शनमा आउँने फिल्मको सार्वजनिक रोमान्टिक गीतमा सुमी मोक्तान र सन्नी सिंह प्रस्तुत छन् । गीतमा हरी हुमागाईंकै कोरियोग्राफी छ । फिल्मको र्यापर भिटेनले गाएको शिष्र्न गीतले मज्जाको प्रतिक्रिया पाइरहेको छ ।

कमल खत्री र श्रेया सोताङको स्वर रहेको गीतमा शब्द तथा संगीत गायक खत्रीकै सुन्न सकिन्छ । फिल्ममा सुमी र सन्नीसँगै विजय लामा, लियो ट्यांक, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, धिरेन शाक्य, युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन रहेको छ । फिल्मलाई काठमाडौं, सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ ।

For More videos Log on to Mazzako TV