निर्माताको रुपमा सफल हुन सजिलो छैन । फिल्म सफल भएपनि निर्माता स्थापित हुन र दर्शकले चिन्न झनै गाह्रो छ । निर्माता रोहित अधिकारी भने दर्शकको नजरमा पनि परेका छन् । उनले अभिनेता अनमोल केसीलाई लिएर फिल्म गाजलु बनाएका थिए । यो फिल्मले उनलाई नाफा दियो । दर्शकबाट पनि मज्जाको प्रतिक्रिया पायो ।

यसपछि, उनले दिपकराज गिरी र उनको टिमलाई नै लिएर फिल्म छ माया छपक्कै बनाए । यो फिल्म त ब्लकबस्टर नै भयो । यो फिल्मबाट उनले पनि राम्रो कमाई गरे । दीपकराज गिरीको टिमले पनि फिल्म हिट भए मात्र पैसा लिने गरि सहमती गरेको थियो । जसमा उनीहरु सफल पनि भए । फिल्म केहि हलहरुमा अझै चलि रहेको छ । अब ५१ दिन मनाउँने तयारीमा छ ।

यसरी हेर्दा, रोहित २ वटा फिल्म निर्माण गरेर दर्शकमाझ चिनिएका छन् । फिल्म क्षेत्रमा यूवा उमेरमै उनी सफल निर्माताको रुपमा स्थापित छन् । रोहितले निर्देशक दिनेश राउतलाई लिएर नयाँ फिल्म बनाउन लागेका छन् ।

For More videos Log on to Mazzako TV