फिल्म ‘माया पिरिम’ को ट्रेलर सार्वजनिक गरिएकाको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै टेक पौरखी राई निर्देशित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा सलोन बस्नेत, अञ्जली अधिकारी, कोशिश क्षेत्री, अनुपमा भण्डारी किरण चन्द लगायतको मुख्य अभिनय छ । फिल्म मङ्सिर २० गते देखि प्रदर्शनमा आउँदै छ । लभ स्टोरी र कमेडीे जनरामा निर्माण गरिएको फिल्मलाई प्रविन थापा र सबिन अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा कार्यकारी निर्माताको रुपमा सागर बस्नेत र कोषराज दाहाल रहेका छन् ।

माया पिरिमका सह–निर्मातामा मोहन मरासिनी र युवराज दाहाल रहेका छन् । सबिन अधिकारीको लेखन रहेको फिल्ममा निरज कंडेलको छायांकन, श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी, कोशिष क्षेत्रीको संगीत रहेको छ । फिल्ममा अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, बिशाल पहाडी, रमण राई लगायतको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV