अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको जोडी फेरी नयाँ फिल्ममा काम गर्ने भएका छन् । रघु परियारले निर्माण गर्ने फिल्म ‘मन परेसी पर्याे पर्याे’ मा उनिहरु काम गर्ने भएका हुन् । फिल्म ‘जय शम्भु’ निर्देशक रुपेश थिङ तामाङले निर्देशन गर्ने फिल्ममा पूजा र आकाशसँगै बुद्धि तामाङ, किरण श्रेष्ठ, कालु रानाको अभिनय रहनेछ ।

अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने र श्रीकृष्ण बर्देवाको संगीत रहने फिल्ममा रविन शाहले कोरियोग्राफी गर्नेछन् । फोर्थ आइज् मुभीज प्रालि र डिविआर मिडियाको ब्यानरमा फिल्म निर्माण हुने छ । ‘मन परेसी पर्याे पर्याे’ प्रदीप खड्का अभिनित प्रतिक्षित फिल्म ‘प्रेम गीत ३’ संगै अर्थात चैत २८ गते प्रदर्शनमा आउँने बताइएको थियो ।

तर अभिनेत्री पूजाले आफ्नो फेसबुकमा एक समाचार शेयर गर्दै आफू कहिल्यै पनि प्रेमगीतको टिमले बनाएको सिनेमासंग जीवनमा नजुध्ने उल्लेख गरेकी छन् । यता निर्माता रघु परियारले अभिनेत्री पूजा शर्माको आमा विरामी भएर बयोधा हस्पिटलमा भएको कारण आज हुने भनिएको हस्ताक्षरको कार्यक्रम स्थगीत भएको खुलाएका छन् ।

पूजाले स्किृप्ट मन परेको र फिल्म खेल्न तयार भैसकेको निर्माता परियारले बताए । निर्माता परियारले सिनेमाको लागि पूजा शर्मासंग पारिश्रमिकको कुरा पनि टुङ्गीसकेको बताए । ‘तर उहाँसंग औपचारिक सहमती हुन बाँकी छ’ उनले भने । ‘हामीले पहिले नै घोषणा गरेको मिति हो चैत्र २८ गते तर पछि पूजा जी संग हाम्रो छलफल हुँदा उहाँले नै प्रेमगीत ३ संग जुधाउनु हुदैन भन्नु भएको थियो ।’ निर्माता परियारले भने । उहाँले भन्नु भएपछि हामी प्रदर्शन मिति परिवर्तन गर्ने कुरामा छलफल गरिरहेका छौँ ।’

For More videos Log on to Mazzako TV