यहि मंसिर १३ गतेबाट प्रदर्शन हुने फिल्म ‘लभ यु हमेशा’ को रोमान्टिक गीत रिलिज भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको नयाँ गीत ‘यो हावा किन चल्छ’ सार्वजनिक गरिएको हो । मेलिना राई र सुदिर राईको स्वर रहेको गीतमा भासुको शब्द तथा संगीत रहेको छ । सार्वजनिक रोमान्टिक गीत फिलिपिन्समा छायांकन गरिएकाको हो ।

भिडियोमा फिल्मका मुख्य कलाकार यशराज गराज र नायिका रिचा थापा रोमान्टिक मुडमा प्रस्तुत छन् । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

भास्कर प्रधानको निर्देशन तथा यवन गुरुङको निर्माणमा बनेको फिल्ममा निर्देशक प्रधानकै लेखन रहेको छ । फिल्ममा यशराज र रिचा संगै फिजा योञ्जन, गोपाल ढकाल (छन्दे), शिशिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमीला राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मको छायाँकार शिब ढकाल हुन् । मिलन गुरुङ सह(निर्माता रहेको फिल्मका गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ । लभ यु हमेशा भारतको दाजिलिङ, सिलगुढीलगायतमा प्रदर्शन भैरहेको छ ।

For More videos Log on to Mazzako TV