फिल्म ए मेरो हजुर ४ साइन गरेर अभिनेता अनमोल केसी विदेश हानिएका छन् । उनले केही दिन अघि मात्र फिल्म ए मेरो हजुर ४ साइन गरेका थिए । फिल्मको छायांकन माघको १६ गतेबाट सुरु हुँदैछ । अभिनेता केसी मंगलबार बेलुकी हङकङ पुगेका छन् । उनी हङकङ एक दिन बसेर जापान जानेछन् ।

जापानमा आयोजना हुन लागेको एक अवार्डमा सहभागी भएर उनी अमेरिका पुग्ने कार्यक्रम छ । अमेरिकामा उनी करिब एक साता भन्दा बढी बस्ने कार्यक्रम छ । अमेरिकामा आयोजना हुन लागेको अर्को एक अवार्डमा उनी सहभागी हुनेछन् ।

दुई अवार्ड र पारिवारिक भेटघाट सकेर अनमोल नेपाल आउनेछन् । यसपछि भने उनी ए मेरो हजुर ४ को वर्कशपमा व्यस्त हुनेछन् ।

For More videos Log on to Mazzako TV