अभिनेता आर्यन सिग्देल फिल्म क्षेत्रमा पुरानै क्रेज फर्काउने धुनमा त छन्, तर उनलाई गाह्रो परिरहेको छ । आर्यन अभिनित फिल्म हजार जुनी सम्म यो बर्ष असफल भएपछि उनलाई समस्या भएको हो । उनी, यो बर्षका लागि आफ्नो दोश्रो रिलिज फिल्म च च हुईका लागि गम्भिर यसकारण पनि देखिएका छन् ।

आर्यनको सामाजिक संजाल हरेक दिन च च हुईको पोष्टरले रंगिने गरेको छ । साम्तेन भुटियाको निर्देशनमा तयार भएको फिल्ममा आर्यनको साथमा मिरुना मगर, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ । यो फिल्म मंसिरको ६ गतेबाट रिलिज हुँदैछ ।

आर्यनका लागि यो फिल्म चलेको खण्डमा उनको करिअर अगाडि बढाउन झनै सजिलो हुनेछ । यसैले पनि आर्यन यो फिल्मका लागि गम्भिर भएर लागेका छन् ।

For More videos Log on to Mazzako TV