अभिनेत्री स्वस्तिमा खड्काले आफू कुनै पनि भूमिकाका लागि त्यसको गहिराइमा नपुग्ने बताएकी छिन् । फिल्म चपली हाइट ३ को मुहुर्त समारोहमा पुगेकी स्वस्तिमाले आफूले चपली हाइट ३ को भूमिकालाई कसरी निर्वाहा गर्ने भन्ने सोचिसकेको पनि बताइन् ।

तर, आफू अझै पनि दोधारमा भने रहेको उनको भनाई छ । आफूले यो फिल्मको भूमिका फरक छ भनेर नभन्ने भन्दै स्वस्तिमाले तर छायांकन सुरु हुनु अगाडि आफू दोधारमा नै रहेको उनको भनाई छ । स्वस्तिमाले यस्तो खालको भूमिका आफूले यसअघि नगरेको भन्दै यसपटक यस्तो भूमिका गर्न लागेकाले पनि कन्फ्यूज भएको तर्क गरिन् ।

स्वस्तिमाको यो बर्ष हजार जुनी सम्म र घामड शेरे रिलिज भएका छन् । तर, दुबै फिल्म असफल भएका कारणले पनि स्वस्तिमाका लागि यो फिल्म महत्वपूर्ण छ ।

For More videos Log on to Mazzako TV