फिल्म चपली हाइट ३ को मुहुर्त भएको छ । कार्यविनायक मन्दिरमा पुगेर कलाकार र यसको टिमले पूजा गरेका छन् । उनीहरुले फिल्म सफलताको लागि कामना गरे । यो फिल्म मंसिर ५ गतेबाट छायांकनमा जाँदैछ । राजधानी आसपासमा नै फिल्म खिचिनेछ ।

चपली हाइटको तेश्रो सिरिजको रुपमा बन्न लागेको फिल्मले सस्पेन्स कथालाई बोकेको छ । यो फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्ममा अर्जुन कुमारको लगानी छ भने निकेश खड्का यो फिल्मका निर्देशक हुन् । फिल्मलाई यसै बर्ष रिलिज गर्ने तयारी समेत गरिएको छ ।

For More videos Log on to Mazzako TV