फिल्म ‘माछा माछा’ को ‘म्याडम म्याडम’ बोलका गीत रिलिज भएको छ । मंसिर २० गते बाट प्रदर्शनमा आउने फिल्मको गीतमा अभिनेता अभिनेत्री तथा रियल लाइफ जोडी सगौत मल्ल र श्रृष्टी श्रेष्ठ प्रस्तुत छन् । रिलिज गीतमा अनुपम शर्माको संगीत र स्वर छ भने कोरियोग्राफी प्रविन सिंहले गरेका हुन् ।

सिनेमा आर्ट्सको प्रस्तुति र नौमती इन्टरटेन्मेन्ट प्रोडक्सनको ब्यानरमा बनेको फिल्मलाई सुनिल गुरुङले निर्देशन गरेका छन् । फिल्ममा सौगात मल्ल, भोलाराज सापकोटा, बिजय बराल, नम्रता श्रेष्ठ, अनुज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, कमलमणि नेपाल, सरिता गिरि, पुष्कर गुरुङ, ध्रुब कोइराला, बसन्त भट्ट लिड अभिनयमा छन् ।

रामबाबु गुरुङ र दयाहाङ राई निर्माता रहेको फिल्ममा मणिराम पोखरेल कार्यकारी निर्माता छन् भने सम्पादन निमेश श्रेष्ठले गर्दा क्यामेरा शिवराम श्रेष्ठले चलाएका छन् ।

For More videos Log on to Mazzako TV